विद्युत प्राधिकरणलाई कुनैपनि बक्यौता रकम तिर्न वाकी छैन : नेपाल धागो उत्पादक संघ
काठमाडौँ । नेपाल धागो उत्पादक सङ्घले विद्युत प्राधिकरणलाई कुनैपनि बक्यौता रकम तिर्न वाकी नरहेको बताएको छ ।सङ्घका अध्यक्ष पवन गोल्या नले आज पत्रकार सम्मेलन गदै नेपाल धागो उद्योगले विद्युत प्राधिकरणले भने जति बक्यौता रकम तिर्न वाकी नरहेको बताएका हुन । उद्योगहरूले लोडसेडिङको अवधिमा बढी विद्युत प्रयोग नगरेको समेत बताए ।
प्राधिकरणले ३,४ वर्ष अगाडीको रकममा ब्याज जोडेर उद्योगहरूले तिर्न नपर्ने रकम उठाउनको लागि पत्र काट्नु उद्योग बन्द गरेर विदेशी बस्तु निर्यात गर्न प्रोत्साहन गर्नु सरह हो उनले भने ।
कार्यक्रममा बोल्दै सङ्घका उपाध्यक्ष विष्णु न्यौपानेले प्रयोग नगरेको विद्युत्को रकम उद्योगहरूले तिर्न नसक्ने बताएका छन् । उक्त समस्या समाधान गर्नको लागि नेपाल सरकारले एउटा छानबिन समिति बनाएर उक्त समस्या समाधान गनुपर्ने बताए । प्रयोग नगरेको विद्युत महसुल तिर्न नपर्ने र तिर्न नसक्ने पैसा तिराउन बारमबार पहल गर्नु गलत रहेको दावी गरेका छन् ।
हाल संचालनमा रहेका उद्योगहरूले कुनै रकम तिर्न बक्यौता नरहेको नेपाल सिमेन्ट उद्योग सङ्घका अध्यक्ष धुर्व थापाले बताएका छन् । उनले उक्त रकम तिर्न वाकी रहेको हो भने ३,४ वर्ष अगाडी बिल आउनु पर्ने र लाईन काटिनु पर्ने भएकाले तिर्न नपर्ने रकम हाल आएर नाफा देखाउन उठाउन खोजीएको बताए ।
सुरुमा नेपाल विद्युत प्राधिकरणले ७३ अर्ब रकम बुझाउन उद्योगहरुलाई पत्र काटेपनी हाल ब्याजसमेत जोडेर २ अर्ब पुराएको नेपाल धागो उत्पादक सङ्घले जानकारी दिएको छ ।













