सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४०–४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४०–४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश सुरक्षित गर्ने आज (भदौ २३ गते, बुधबार) अन्तिम दिन हो ।

सिटिजन्स म्युचुअल फण्ड १ र २ ले लाभांश वितरण गर्ने प्रयोजनका लागि भोलि (भदौ २४ गते, बिहीबार) एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज (भदौ २३ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिविआईएल क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४०–४० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिटिजन्स बैंकद्वारा प्रवद्र्धन गरिएको तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७–७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्