नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजार बुधबार पनि घटेको छ । निरन्तर ओरालो लाग्दै आएको बजार सोमबार भने भारि अंकले बढेको थियो । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोनमार्फत सेयर बजार सम्वन्धि कार्य गर्न निर्देशन दिएका थिए । सोही कारण सोमबार नेप्से बढेको अनुमान गरिएको थियो ।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६०.०२ अंकले घटेर २८७६.५९ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक ४४.१८ अंकले घटेर २९३६.६० अंकमा बन्द भएको थियो तर यसअघि सोमबार बजार १६० अंकभन्दा बढीले बढेको थियो । राष्ट्र बैंकले सेयर कर्जामा लगाईएको सीमाले गर्दा बजारमा प्रभाव परेको बताईएको छ ।

बुधबार दिनभरिमा २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार कित्ता सेयर ७४ हजार पटक किनबेच हुँदा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोभन्दा आज कारोबार रकम पनि घटेको छ । मंगलबार ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ४९७ रूपैयाँ ४० पैसा पुगेको छ । बुधबार लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

बुधबार पनि सर्वाधिक कारोबार हुने कम्पनीहरू युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको ४० करोड ५७ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्