एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्सड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ योजनाहरु एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश प्रयोजनको लागि एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्सड् फण्डले भदौ २७ गते आइतबार बुक क्लोज गर्दैछ । त्यस अनुसार आज भदौ २४ गते बिहीबार सम्म कायम इकाईधनीले मात्रै २ वटै योजनाको लाभांश पाउनेछन् ।

गत आर्थिक वर्ष २०७७-७८ बाट एनआईसी एसिया ग्रोथ फण्डले र ब्यालेन्सड् फण्ड दुबै समान कर प्रयोजन सहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्