सिन्धु विकास बैंकले मनायो १२ औँ वार्षिकोत्सव
काठमाडौं । सिन्धु विकास बैंकले १२ औँ वार्षिकोत्सव मनाएको छ । सिन्धुपाल्चोकमा मुख्य कार्यालय रहेको सिन्धु विकास बैंकले आफ्नो १२ औँ वार्षिकोत्सव मनाएको हो । बैंकले आफ्नो केन्द्रिय कार्यालयमा १२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले वार्षिकोत्वसको अवसरमा केक काटेर बनाएको जनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा भदौ २५ गते शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।

क्षेत्रिय स्तरमा वित्तीय सेवा दिईरहेको यस बैंकले झन्झटमुक्त सहज प्रकृयाबाट ग्राहकलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । छोटो समय भित्रै मेलम्ची, खाडीचौर तथा बनेपामा शाखाहरु खोली सेवा विस्तार गरेको बैंकले जनाएको छ । ई–बैंकिगं अन्तर्गत बिभिन्न बैंकिगं सेवाहरु प्रदान गरीने बैंकको भनाई छ । बैंकले ग्रामीण भेगमा खोलिएका लघुउद्यमहरुलाई ग्राह्यता दिएर कर्जा प्रदान गर्दै आएको छ ।












