साताको अन्तिम दिन सेयर बजार के भयो ?
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । बिहीबार ०.६२ अंकले घटेको छ । यो भनेको स्थिर जस्तै हो । निरन्तर ओरालो लाग्दै आएको बजार सामान्य अंकले भएपनि बिहीबार ओरालो नै लागेको हो ।

बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.६२ अंकले करेक्शन भएर २८७५.९७ अंकमा बन्द भएको छ । यसअघि हिजो बुधबार नेप्से ६० अंक भन्दा बढीले घटेको थियो । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.५३ अंकले घटेर ५३५.२९ को विन्दुमा पुगेको छ ।
बिहीबार दिनभरिमा २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७२ हजार पटक किनबेच हुँदा ७ अर्ब ५ करोड ७ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार विभिन्न ४ समूहको मात्रै बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ ।

बिहिबार हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत, सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशत, ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर मूल्य ९.६२ प्रतिशत, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.२२ प्रतिशतले बढेको छ ।
बिहीबार रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक ४९ करोड ३९ लाख ४९ हजार २२३ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ४८ करोड ८५ लाख ६३ हजार ९५० रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिहीबार सबैभन्दा धेरै अरुण भ्यालीको ७ लाख १ हजार ५३५ कित्ता सेयर किनबेच भएको छ । बिहीबार रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ भने दोस्रोमा सिटिजन्स म्युचुअल फण्डको ५.१३ प्रतिशतले घटेको छ ।













