तेह्रथुम पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसले कति कित्ता पाए ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तेह्रथुम पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसले कति कित्ता पाए ?



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ आज (भदौ २५ गते, शुक्रबार) बिहान १० बजे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाटमा बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ जना आवेदकले २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमा २३ लाख ४६ हजार ६२७ जना आवेदकको २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता मात्रै रुजु भएका छन् भने ८ हजार ८२० जना आवेदकको रद्द गरिएको छ । १ लाख ८ हजार ७६० कित्तामा पनि रद्द गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गर्दा ७४ हजार ४ सय जनाले मात्रै आईपीओ पाएका छन् । आवेदन दिएकामध्ये २२ लाख ८१ हजार ४७ जना आवेदक हात खाली भएको छ ।

कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता म्युचुअल फन्डलाई, २५ अर्थात् १६ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्