सानिमा माई हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश दिने, कार्तिक ७ गते साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश पारित गर्नका लागि कार्तिक ७ गते १० औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज १८ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । तयसैले असोज १७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।














