लाइसेन्सको आवेदन अनिश्चितकाल बन्द !
काठमाडौं । सवारी लाइसेन्सको आवेदन अनिश्चतकालका लागि बन्द भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न लगाईएको निषेधाज्ञालाई कारण बनाई लामो समय स्थगित भएको सवारी लाइसेन्सको प्रक्रिया अनिश्चितकालका लागि बन्द भएको हो । हाल सरकारले निषेधाज्ञा खुकुलो पारेपनि आवेदन ख्लाउने कुनै सुरसार गरेको छैन् । यातायात व्यवस्था विभागले गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको थियो । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै असार ८ गतेदेखि यातायात व्यवस्था कार्यालयहरुले सेवा सुरु गरिसकेका छन् । तर ड्राइभिङ लाइसेन्सको परीक्षा र आवेदन भने खुलाएका छैनन् ।
काठमाडौं क्षेत्र तथा बागमति प्रदेशमा भदौ २० गतेदेखि खुलाएको छ भने अन्य क्षेत्रका अधिकांश लाइसेन्स कार्यालयले अझै परीक्षा खुलाउन सकेका छैनन् । हाल परीक्षामा सहभागी हुन आवेदन दिएका करिब ३ लाख जनाले चालकको परीक्षाको मिति कुरिरहेको विभागले जनाएको छ ।
स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइले सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था भएपछि विभागले कम्तिमा एक वर्षको अवधि राखेर परीक्षणकालीन लाइसेन्स जारी गर्न सुरु गरेको छ । काठमाडौंका चारवटै लाइसेन्स कार्यालयले परीक्षा लिन सुरु गरिसकेको यातायात व्यवस्था विभागमा महानिर्देशक नवराज घिमिरे बताए । सबै कार्यालयले तत्कालै परीक्षा लिन सुरु गरेपनि आवेदन दिएका साढे ४ लाख जनाले कहिलेसम्म परीक्षा दिइसक्छन् भन्ने निश्चित नभएको हो ।
२०७६ चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको आवेदन लिने काम स्थगित गरेको थियो । कोभिड–१९ बाट सुरक्षित हुँदै २०७७ असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।
दोस्रो लहरको कोरोना संक्रमणलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञासँगै रख्क्लो भएसँगै भदौ २० गतेदेखि वाग्मती प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार परीक्षा सञ्चालन गरेको हो ।
भदौ २० गतेदेखि ड्राइभिङ लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई वायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न भएका, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल) मा सहभागी भएका, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी भएका र कार्यालयमा उपस्थिति भई वर्ग थपको (एड क्याटेगोरी) लागि दर्ता गरी सकेका ड्राइभिङ लाइसेन्सको परीक्षार्थीले परीक्षामा सहभागी हुन पाएका छन् ।













