एमालेले निरन्तर संसद अवरूद्ध गरेपछि सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले उच्चस्तरिय सर्वदलीय बैठक बोलाएका छन् । सभामुखले भोलि सोमबार २ बजे बस्नेगरी सर्वदलीय बैठक बैठक बोलाएको स्रोतले जनाएको छ ।
एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेपछि सहमतिको लागि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन ।
प्रतिनिधि सभा बैठक मङ्गलवार सम्मका लागि स्थिगीत भएको छ । संसद सुरूभएदेखी नै एमालेले निरन्तर अवरूद्ध गर्दै अाएकाे छ ।















