राप्ती हाइड्रोद्वारा आईपीओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन
काठमाडौंं । राप्ती हाइड्रोले आईपीओ निष्काशन गर्ने भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको लागि २९ करोड ४१ लख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्काशन तथा बिक्री गर्न बोर्ड समक्ष अनुमति मागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।













