डिप्रोक्स लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । डिप्रोक्स लघुवित्तको लिलामी सेयरमा आवेदन दिने आज भदौ २८ गते अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि संस्थापक ३५ हजार कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको थियो । उक्त संस्थापक शेयरमा आवेद दिने आज आज (भदौ २८ गते, सोमबार) अन्तिम दिन रहेको हो ।
लघुवित्तको उक्त शेयरको न्यूनतम मूल्य ६८५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले उक्त शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थाको शेयर बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड, पुतलिसडक, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।













