२ कार्तिक २०८३, सोमबार

प्रदेश १ का मुख्यमन्त्री आचार्यले नियुक्त गरे २ मन्त्री र ३ राज्यमन्त्री



काठमाडौं । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार २ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका हुन् । उनको मन्त्रीपरिषद ८ सदस्यीय भएको छ ।

नव नियुक्त मन्त्रीहरुमा तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी दिईएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष नयाँ मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको हेरफेर साथै कार्यविभाजनको जानकारी प्रदेश प्रमुखसमक्ष गराएका हुन् ।