प्रुडेन्सियल क्यापिटलले विभिन्न ४ कम्पनीको शेयर बिक्रीमा ल्यायो, कुन कम्पनीको कति छ मूल्य ?
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रा.लीको स्वामित्वमा रहेका विभिन्न ४ कम्पनीको संस्थापक शेयर आज भदौ ३१ गतेदेखि बिक्री खुला गरिएको छ । कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेशनल लाईफ इन्स्योरेन् कम्पनी, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक २ लाख ८५ हजार कित्ता शेयर बिक्री खुला गरिएको हो ।
प्रभु बैंकको १ लाख कित्ता संस्थापक शेयर रहेका छन् । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, नेशनल लाईफको १ लाख कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंकको १ लाख कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ ।
उक्त शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।














