अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्थाको नाडाको स्वागत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्थाको नाडाको स्वागत



भदौ ३० गते नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग भेटी २०७८÷०७९ को प्रतिस्थापन बजेटले अटोमोवाइलक्षेत्रमा पारेको प्रभाव बारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ ।

उक्त छलफलमा उपाध्यक्ष चौधरीले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गरेको बताउनु हुदै एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ्ग हो, सरकारले त्यसको स्पष्ट बर्गिकरण गर्नु पर्ने बताउनु भयो ।

सो छलफलमा चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गर्दे सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताउनु भयो । उक्त छलफलमा चौधरीले नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने बताउनु भयो ।

सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा विक्री हुने बताउदै अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताउदै सरकारले गरेको बर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउदा सवैलाई सहज हुने बताउनु भयो । त्यसैगरी सो छलफलमा दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सिसि भन्दा माथीका मोटरसाइकललाई हेवि सवारी साधन मानेको तर नेपालको पहाडी धराटलिय अवस्थितिका कारण र पर्यटन प्रवद्र्धनका लागि उच्च सिसिका मोटरसाइकल आवश्यक पर्ने बताउनु भयो ।

सो छलफलमा अर्थ मन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउनु हुदै सोही अनुरुपका नीतिहरु ल्याइएको बताउनु भयो । यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनसक्ती पनि तयार हुने, लगानी र उत्पादन पनि बढने भन्नु हुदै अन्ततः हाम्रो उद्धेश्य जसरी पनि देश बनाउनु रहेको बताउनु भयो । उद्योग व्यवसाय क्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको बताउनु भयो । सरकारबाट कंहा कंहा कमजोरी भए त्यसको समेत समाधान गरिने बताउनु भयो । सो छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एम ए डब्लु इण्टरप्राइजेज प्रा.लि.बाट राजु श्रेत्री, एस.एल.आर टेक्नो ट्रेड प्रा.लीबाट सुगम घिमिरे समेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्