आईपीओ निष्काशन गर्न बिकास हाइड्रोपावरले नियुक्त गर्यो प्रभु क्यापिटल बिक्री प्रबन्धक - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आईपीओ निष्काशन गर्न बिकास हाइड्रोपावरले नियुक्त गर्यो प्रभु क्यापिटल बिक्री प्रबन्धक



काठमाडौं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धी सम्झौता भदौ ३१ गते बिहीबार सम्पन्न भएको हो ।

सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने रु. १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्