नबिल इन्भेष्टमेन्टका २ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तय
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को बुक क्लोजको मिति तय भएको छ । नबिल बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ ले लाभांश प्रयोजनका लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय भएको छ । त्यसैले असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र दुबै फण्डको लाभांश पाउनेछन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूलाई करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

















