प्रतिकत्ता ५०१ रुपैयाँमा प्रुडेन्सियल इन्स्योरेन्सको शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रतिकत्ता ५०१ रुपैयाँमा प्रुडेन्सियल इन्स्योरेन्सको शेयर बिक्रीमा



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक शेयर आजदेखि बिक्रीमा खुला गरेको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको ७० हजार ६६९ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री गरिएको हो ।

कम्पनीको उक्त शेयरको न्यूनतम मूल्य प्रतिकत्ता ५०१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ ।

लगाीकर्ताले उक्त शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल काठमाण्डौको नक्सालस्थित कार्यालयमा पेश गर्नुपर्नेछ । उक्त शेयरमा असोज १५ गतेसम्म आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्