न्यादी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड गरिने (रिजल्ट हेर्ने तरिकासहित)
काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ भोलि (असोज ६ गते, बुधबार) बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा साँझ ५ः३० बजे बाँडफाँड गरिने क्यापिटलले जनाएको छ । न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स.का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आईपीओमा १५ हजार भन्दा बढीले आवेदन दिएका छन् । आवेदन दिएका आवेदकले ३८ लाख ६२ हजार ४४८ कित्ताभन्दा बढीका लागि आवेदन दिएका छन् । यो संख्या आवेदन दिने अन्तिम दिनभन्दा एक दिन अगाडिको भएकाले अझै बढ्न सक्छ ।
कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भईसकेपछि रिजल्ट यहाँबाट हेर्न सकिन्छ ।https://www.globalimecapital.com/ipo-fpo-share-allotment-check













