शेयर बजारमा हरियाली, १०४ अंकले बढेको नेप्से
काठमाडौं । निरन्तरको ओरालो लागेको शेयर बजार बुधबार भारि अंकले बढेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिमार्फ शेयर धितोमा गरेको कडाईले गर्दा बजारमा प्रभाव परि घट्दै आएको छ । त्यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएपछि पछि शेयर बजारमा प्रभाव परेको थियो । तर राष्ट्र बैंकले ब्याजदर परिवर्तन गर्न निर्देशन दिएपछि शेयर बजार बढेको अनुमान छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०४.८८ अंकले बढेर २८१६.९५ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो ।
बुधबार दिनभरिमा २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ७२ हजार ७१४ पटक किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुधबार सबै समूहमा हरियाली छाएको छ । बुधबार फाइनान्स समूह ८.५४ प्रतिशतले सर्वाधिक बढेको छ । त्यस्तै, विकास बैंक समूह ७.७४ प्रतिशत, जलविद्युत समूह ५.५७ प्रतिशत, ब्यापार समूह ४.३३ प्रतिशत, होटल तथा पर्यटन समूह ४.१९ र इन्भेष्टमेन्ट समूह ४.१४ प्रतिशतले बढेको छ ।
बुधबार १३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । विभिन्न ४ कम्पनीको शेयर मूल्य घटेको छ ।















