न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड ( यसरि हेर्नुहोर्स रिजल्ट ) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड ( यसरि हेर्नुहोर्स रिजल्ट )



काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ आजबुधबार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा साँझ बाँडफाँड भएको हो ।न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमा आयोजना प्रभावित क्षेत्रका ३ हजार ८ सय ५९ जनाले २६ लाख ४६ हजार ७ सय ६० क्तिाको लागि आवेदन दिएकोमा २ जनाको आवेदन बदर भएकाले ३ हजार ८ सय ५७ जना आवेदकलाई माग गरेअनुसार २३ लाख ४६ हजार ७ सय ६० कित्ता शेयर बाडँफाड गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । त्यसैगरी अति प्रभावित क्षेत्र बाहेको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने २७ हजार ८ सय २९ जना आवेदकले ५४ करोड ७३ लाख ७ सय कित्ताको लागि आवेदन दिएकोमा ३० जना आवेदकको आवेदन बदर भएको र बाकि रहेका २७ हजार ७ सय ९९ जनालाई मागगरे अनुसारको ५४ लाख ६३ हजार १ सय ४० कित्ता शेयर बाडँफाँड गरेको कम्पनिले जनाएको छ ।

जसमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाहरुबाट ४.६९ गुणा र अति प्रभावित क्षेत्र बाहेक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने स्थानियहरुले ५.४७ गुणा बढि आवेदन दिएका थिए ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन बमोजिमको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गा.वि.स.का वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गा.वि.स. र साविक भुलभुले गा.वि.स.का सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओको रिजल्ट यहाँबाट हेर्न सकिन्छ ।

https://www.globalimecapital.com/menu/ipo-fpo-share-allotment-check


प्रतिक्रिया दिनुहोस्