एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा खुला गरेको खुला गरेकोछ । बैंकले एकसूचना जारी गरि विभिन्न १२ जना शेयरधनीहरुको नाममा रहको १४ लाख १४ हजार ३४ कित्ता संस्थापक समूहको शेयरहरू बिक्री खुला गरिएको हो ।
बैंकका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित शेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।
उक्त तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम शेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।














