सानिमा क्यापिटलको साधारण सभा असोज १५ गते हुँदै, २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडले छैटौँ वार्षिक साधारण सभा बोलाएको छ ।क्यापिटलले असोज १५ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै साधारण सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पनि पारित गर्ने छ ।
साधारण सभा अपराह्न १ बजे सानिमा बैङ्कको केन्द्रीय कार्यालय नक्सालमा हुने छ ।















