२ कार्तिक २०८३, सोमबार

परराष्ट्रमन्त्री खड्काको शपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ खारेजको माग गदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विशाल न्यौपानेले कुनै कानुनी व्यवस्थाबिनै शपथ गराइएकोले शपथ गैर कानुनी भन्दै बदरको माग गदै सर्वोच्चमा रिट दायर गरेका हुन ।


रिटको पेसी बुधवारका लागि तोकिएको न्यौपानेले बताएका छन् ।कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । उनी त्यसै दिन कार्यभार सम्हालेर संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूयोर्क उडेका थिए ।