२ कार्तिक २०८३, सोमबार

यी हुन माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरु ?



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का ६ जना नेताहरू मन्त्री बन्ने पक्का पक्की भएको छ । स्रोतका अनुसार माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लागेको हो । मन्त्री बन्नेहरूमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठ रहेको नेपाल निकट स्रोतले जनाएको छ ।

गठबन्धन सरकारलाई समर्थन गरेको समाजवादी पार्टीले ५ वटा मन्त्री र १ राज्यमन्त्री गरी ६ वटा मन्त्रालय पाउने भएपछि पार्टी अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएका हुन ।

विरोध खतिवडाले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारको नेतृत्व गर्ने भएका छन् । तर नेताहरूमा प्रभावशाली मन्त्रालय आफूनिकट हत्याउने प्रयास भइरहेकाले मन्त्रीपरिषद् विस्तार हुने समय लम्बी रहेको छ ।