अर्थमन्त्री शर्माले भने ‘काेराेना लागेर बिदा बसेका गभर्नरलाई कसले हटाउने ? स्पञ्ज आइरनमा छुट दिएर छिट्टै फलाममा आत्मनिर्भर बन्ने
काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले काेराेना लागेर घरमा आराम गरिरहेका गभर्नर हटाउन खाेजेकाे चर्चा निराधार रहेकाे बताए । आर्थिक मिडिया संचालकहरुको छाता संगठन ‘इकोनिमिक्स मिडिया सोसाइटी’ ‘इम्सन’सँगकाे भेटमा अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई हटाउने कुनै प्रसंगनै नउठेकाे बताए ।
मन्त्री शर्माले सरकार उद्याेग स्थापना गर्न प्रतिवद्ध रहेकाेसमेत बताए । उनले स्पञ्ज आइरनमा छुट दिएर नेपाल फलाममा आत्मनिर्भर बन्ने बताए । भारत फलाम खानी उत्खनन् गरेर विकासमा अगाडी बढेकाे स्मरण गर्दै मन्त्री शर्माले ११आटा उद्याेगले नेपालमा खपत हुने डन्डी बनाउन प्रयाेग हुने ब्लेड उत्पादन गर्ने बताए ।
देशकाे विकास फलाम, सिमेन्ट र अन्य गिटी बालुवाकाे सहायताले हुने भन्दै शर्माले ररकार उद्याेग स्थापनामा लागेकाे बताए । आज अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अध्यायन भएकाे फलाम खानीकाे अव उत्खनन् हुने बताए ।
ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री शर्माले आफुले नेपालको उत्पादन नेपालमै रहने र नेपालमा नै रोजगारी तथा राजश्व बढोस भन्नेगरि काम गरिरहेको बताउदै स्वरोजगार मिडियाहरुको सँस्था इम्सनको मागलाई सक्दाे सहयाेग र सम्बोधन गर्ने प्रतिबद्दता जनाए ।
त्यस्तै नेपालमै रोजगारी बढोस, नेपालमा उत्पादित बिजुलीको खपत नेपालमै होस्, फलाम उद्योगले मात्र कुनै पनि देश बिकसित हुन्छ भन्ने मनसायले आफुले नेपालमै फलाम उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन स्वरूप अन्त शुल्क छुट दिएको बिषयमा समेत बिरोध भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
फलाम उद्योगले नै कुनै पनि राज्यलाई आर्थिक उन्नतिको बाटोमा पुर्याएको देखिएकाले नेपालमै फलाम उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न तथा नेपालमै फलाम उद्योग लगाउनलाई प्रोत्साहन गर्नलाई यस्तो व्यवस्था गरेको उनले सुनाए।
नेपालमा आर्थिक अनलाइन मिडियाको आवश्यकता र महत्त्वलाई नेपाल सरकारले स्वीकार गरेपनि कानुनी रुपमा यसको अस्तित्वलाई स्वीकार नगरिएको जानकारी गराउदै इम्सन ले तत्काल गर्नुपर्ने नीतिगत व्यवस्थाहरु समेटिएको ज्ञापनपत्र अर्थमन्त्री शर्मालाई बुझाएको छ।
बैंक वित्तीय सँस्था तथा सरकारले अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने बिभिन्न किसिमका प्रतिवेदन तथा सूचनामुलक जानकारी दैनिक पत्रिकालाई मात्र मान्यता दिईएको तर अनलाइन मिडियालाई मान्यता नदिएकाले तत्कालै यस सम्बन्धमा नीतिगत समाधान खोज्नुपर्ने इम्सनले जानकारी गराएको छ।
त्यस्तै सामाजिक सञ्जाल मार्फत भइरहेको अवैध विज्ञापनलाई करको दायरामा ल्याउनलाई समेत इम्सनले आग्रह गरेको छ। नेपालको मिडिया उद्योगलाई असर नपर्ने गरी यस्तो विज्ञापनमा खर्चको मापदण्ड तोक्नलाई तथा मुलुक बाहिरबाट सामाजिक सञ्जालमा हुने सबै खालका विज्ञापनलाई नियन्त्रण गर्नलाई इम्सनले आग्रह गरेको छ।
सबै मिडियाको हित होस् भन्ने उदेश्यले प्रतिस्थापन बिधेयक मार्फत अनलाइन मिडियालाई लोककल्याणकारी बिज्ञापनमा समावेश गर्ने व्यवस्था राखेको बताए। त्यस्तै आर्थिक अनलाइन मिडियाहरुमा बैंक वित्तीय सँस्था संस्थान लगायतका सूचना सार्वजनिक हुँदा सबै माझ सहज रुपमा सूचना पुग्ने र यसको तथ्यांक पनि राख्न सहज हुने भएकाले यो व्यवस्था लागू गर्नलाई नीतिगत व्यवस्था गर्ने अर्थमन्त्री शर्माले बिश्वास दिलाए।
त्यस्तै सेयर बजारबारे भएको एक फरक प्रसंगमा अर्थमन्त्री शर्माले सेयर बजार आफुले बोलेको आधारमा नभई बजारको माग र आपूर्तिका हिसाबले चल्ने बताउदै आफुले कुनै हस्तक्षेपकारी काम नगरेको स्पष्ट पारे।
आफुले बोल्दै नबोलेको कुरा समेत बंग्याएर सेयर बजारसँग जोडेर केहि व्यक्ति तथा संस्थाले अनुचित लाभ लिएकाले सहि सत्य र वास्तविक सुचना सम्प्रेषण गर्नलाई आर्थिक मिडियाका संचालक तथा पत्रकारहरुलाई उनले आग्रह गरे।
त्यस्तै गभर्नर र अर्थमन्त्रीबीच टकराब रहेको बिषयलाई समेत अर्थमन्त्री शर्माले अस्विकार गरेका छन्। बजारमा गभर्नरलाई हटाउन खोजेकाले बिभिन्न बहानाबाजी गरेको टिकाटिप्पणी भएपनि कोभिड पोजेटिभ भएका गभर्नरलाई हटाउने वा चलाउने कुनै सोच नै नभएको उनले स्पष्ट पारे।
इम्सनका अध्यक्ष तथा कर्पोरेट नेपाल डटकममा सम्पादक सिताराम विलासीको नेतृत्त्वमा भएको अर्थमन्त्रीसँगको भेटमा इम्सनका उपाध्यक्ष तथा आर्थिकन्युज डटकमका सम्पादन इन्द्र बानिया, इम्सनका महासचिव तथा बिजपाटी डटकमका बजार प्रबन्धक लोचन खतिवडा, नोटबजारका बजार प्रमुख कविन्द्र लम्साल, अर्थपथका सम्पादक बिष्णु तारूके, कर्पोरेट नेपालमा बजार प्रमुख आशिस ढुंगाना, अर्थबजार डटकमका सम्पादक डिल्ली सापकोटा, बिजपाटी डटकमका संस्थापक तथा सम्पादक मोहम्मद अज्मत अलि लगायतको उपस्थिति रहेको थियो। त्यस्तै अर्थमन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मा तथा उनको सचिवालय, अर्थसचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो।













