सानिमा क्यापिटलको वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश पारित गदै
काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडको ६ औँ साधारण सभा सुरु भएको छ । साधारण सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।
सानिमा बैङ्कको केन्द्रीय कार्य नक्सालमा सभा १ बजेबाट साधारण सभा सुरु गरेको छ । भइरहेको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजी २५ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसैगरी साधारण सभाले गएको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, सञ्चालकहरूको सेवा सुविधाको सम्बन्धमा छलफल गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव समेत पारित गर्ने छ ।















