२ कार्तिक २०८३, सोमबार

पहिलाेपल्ट एमालेको विधान महाधिवेशन शुरु, पार्टी पुर्नजिवनकाे उदघाेष



काठमाडौं । नेकपा एमालेले पहिलाेपल्ट विधान महाधिवेशन गरेकाे छ । विधान महाधिवेसन शुक्रबार सुरु भएको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा एमालेको विधान महाधिवेशन शुरु भएको हो ।

एमाले विधान महाधिवेशन ३ दिन सम्म चल्ने छ । आगामी मङ्सिरको दोस्रो साताका लागि नेतृत्व चयनका लागि पार्टीको दसौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । एमालेको गत २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो ।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्य प्रतिनिधि रहनेछन् ।

पर्सिसम्म चल्ने महाधिवेशनको आज पहिलो दिन अध्यक्ष केपी शर्माले ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । भने भोली १६ गते समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् ।

May be an image of one or more people, people standing, indoor and text that says 'जन को बहुदलीय जनवाद जिन्दावाद ive People's Multi Multi-Party Democracy! CPN जनत बहुदलीय जनवाद जिन्द f'