न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा साढे २ गुणा बढी आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

न्यादी हाइड्रोपावरको आईपीओमा पहिलो दिन नै मागभन्दा साढे २ गुणा बढी आवेदन



काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा ४ लाखले बढी आवेदन दिएका छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबारसम्म ३ लाख ९० हजार ३७५ जनाले आवेदकले ५० लाख ७१ हजार ६४० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा २.४२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले असोज १५ गते, शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हे ।कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्य दरका २२ लाख ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपि डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्