२ कार्तिक २०८३, सोमबार

नेकपा एसबाट को–को बन्दै छन् मन्त्री ?



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले विभिन्न ५ मन्त्रालय पाउने भएको छ । नेकपा एसले एक राज्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एस पार्टीलाई रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

नेकपा एसले बन्त्री बन्नेको ना पनि टुंगो लगाइसकेको छ । मन्त्री बन्नेमा विरोध खतिवडा, प्रेम आलेमगर, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी र भवानी खापुङ रहेका छन् । नेकपा एसबाट बन्त्री बन्नेमा किसान श्रेष्ठको नाम पनि चर्चामा रहेको छ ।