२५ श्रावण २०८३, सोमबार

नेकपा एसले बागमती र प्रदेश १ मा मुख्यमन्त्री पाउने पक्का, शुक्रबार सरकारले पुर्णता पाउने



काठमाडौँ । सरकार गठनमा असन्तुषट बनेको एकिकृत समाजवादी पार्टीलाा प्रधानमन्त्री शेरबहादुर देउवाले थामपुर बनाएका छन् । सत्ता साझेदार गठबन्धनको बैठकले नेकपा एसलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमती भएको हो ।

यो सरकार बनाउन आफ्नो दलको महत्वपुर्ण भुमिका रहेको भन्दै मन्त्रीपरिषद विस्तारमा उपेक्षा भएको भन्दै नेकपा एसका नेताहरू असन्तुष्ट बनेका थिए । हाल प्रदेश १ मा एमाले सचिव भिम आचार्य मुख्यमन्त्री छन् भने बागमतीमा एमाले उपाधणयक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् ।

१ महिनाअघि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले २४ गते विश्वासको मत लिने तयारी छ । सत्तारुढ गठबन्धनको सहयोगमा बागमती प्रदेशमा नेकपा एसले मुख्यमन्त्री पाउने भएको छ । नेकपा एसका संसदिय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । त्यसैगरी प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले दशैँपछि मात्रै विश्वासको मत लिने बताएका छन् ।

उता सत्तारुढ गठबन्धनको बैठकले भोली मन्त्रीपरिषदलाई पुर्णता दिने निर्णय भएको छ ।