शिवम् सिमेन्टको २९ प्रतिसत नगद लाभांश घोषणा
शिवम् सिमेन्टको २९ प्रतिसत नगद लाभांश घोषणा
काठमाडौं । शिवम् सिमेन्टले नगद लाभांश घोषणा गरेको छ । सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
गत शुक्रबार बसेको संचालक समितिको बैठकले २९ प्रतिशतका दरले हुन आउने १ अर्ब सत्ताईस करोड साठी लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनिले लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्न कात्र्तिक १६ गते हुने छैंठौ साधारण सभा डाकेको छ । कम्पनिको छैंठौ साधारण सभा कार्तिक १६ गते मंगलबार होटल सोल्टी, सोल्टीमोडमा विहान १० बजेबाट हुने छ ।
साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने २९ प्रतिशतका दरले हुने नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।














