डिप्रोक्स लघुवित्तको साधारण सभाले २१ प्रतिशत लाभांश पारित गर्यो
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१ प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तको चितवनमा आज सम्पन्न भएको २० औँ साधारण सभाले २१.५ प्रतिशत लाभांश लाई पारित गरेको हो ।
साधारण सभामा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश गरेर कुल २१ दशमलव शून्य ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
२१ प्रतिशत लाभांश वितरण गरेपछि कम्पनिको चुत्ताचुक्रापूँजी १ अर्ब ३८ करोडभन्दा बढी पुग्नेछ । लघुवित्तको २० औँ साधारण सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
डिप्रोक्स लघुवित्तको सेयर धनीका तर्फबाट सञ्चालकमा रिता पौडेल,रमेश कुमार रघु वंशी र वासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।
















