२५ श्रावण २०८३, सोमबार

१ लाख डोज खोप नेपाल आइपुग्यो, कात्तिक २८ गतेदेखि १२ वर्षमाथिकालाई लगाइने



काठमाडौँ । १ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकाले नेपाललाई दिएको १ लाख ६ सय २० डोज फाइजर खोप आज विहान कतार एअरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई लगाइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलका अनुसार कार्तिक २८ गतेबाट १२ वर्षमाथिका किशोर किशोरीलाई उक्त खोप लगाउन सुरु गरिन्छ ।

खोप देशभरका २४ अस्पतालबाट लगाईने मन्त्रालयले जनाएको छ । क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई खोपको पहिलो प्राथमिकतामा राखिएको महाशाखाले जनाएको छ ।