परमादेश दिने पाँचै न्यायधीसले राजीनामा दिनुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा प्रधानन्यायधिसले मात्रै नभई परम आदेश दिने पाँचै न्यायधीसले राजीनामा दिनुपर्ने बताएका छन् ।
ओलीले दूषित निर्णय गर्ने ५ जनै न्यायधीस सबै दोषी हो सबैले राजीनामा दिनुपर्ने बताएका छन् । न्यायालयले गरेका निर्णयहरू आफ्नो पार्टीले सम्मान गरेर मान्दै आएको बताएका छन् ।
एमाले जहिले पनि सर्वोच्च अदालतको गरिमालाई सम्मान गर्ने दल भएको बताएका छन् । ओलीले आफ्नो पार्टीले कार्रवाही गरेका सांसदहरूको विषयमा समेत सर्वोच्चले प्रतिसोध राखेको बताएका छन् । उनले सरकारले यसअघि गरेका नियुक्ति हटाएर आफ्ना कार्यकर्ता नियुक्त गरेको बताएका छन् ।
मङ्गलवार देशभरका ७ सय ६३ ओटै स्थानीय तहका अधिवेशनलाई सम्बोधन गर्दै न्यायालयले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । उनले आफ्नो सरकारले नियुक्त गरेका विभिन्न निकायका कर्मचारीलाई अनेक बहानामा हटाउँदा अदालतले स्वतन्त्र भूमिका निर्णय गर्न नसकेको बताएका छन् ।













