वागमति प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिने शाक्यको तयारी
काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छिन् । प्रदेश सभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनु अघि नै शाक्यले राजीनामा दिन लागेकि हुन ।
केहीबेरमा सुरू हुने प्रदेशसभा बैठकमा सम्बोधन गरेर त्यहीँ राजीनामाको घोषणा गर्ने योजना तय भएको मुख्यमन्त्री शाक्य निकट एक नेताले जानकारी दिएका छन् ।












