२५ श्रावण २०८३, सोमबार

गणपति लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट लघुवित्तले हाल कायम चुक्ता पुजी १२ करोड ७३ लाख को २० प्रतिशत लाभांश घोषणा गरेको हो ।


हिजो बसेको संचालक समितिको बैठकले १९ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि लघुवित्तको आउदो साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाउने छन् ।