सामलिङ्ग पावरको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी ६७ हजार ८९० जनाले पाए १० कित्ता - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सामलिङ्ग पावरको आईपीओ बाँडफाँट सम्पन्न, भाग्यमानी ६७ हजार ८९० जनाले पाए १० कित्ता



काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ बाडँफाड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यलयमा आज बिहान ८ः३० बजे शेयर बाडँफाडँ भएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको ६ लाख ७८ हजार ९ सय कित्ता शेयर ६७ हजार ८९० जनाले १० कित्ताका दरले पाएका छन् । आवेदन दिएका २१ लाख बढीको हात खाली भएको छ ।

कम्पनीले कात्तिक ४ गते बिहिबारदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर सर्वसाधरणको लागि बाडफाँड हुने छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार कम्पनिको शेयरमा २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता शेयरको लागि आवेदन दिएका थिए । यो ३९.६७ गुणा हो ।

कम्पनिको शेयरमा मागभन्दा बढि आवेदन परेकोले गोलापथाबाट न्युनतम १० कित्ताका दरले वितरण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्