मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत लाभांश घोषणा



काठमाडौं । आइपीओ निष्काशन गरेकको पहिलो वर्षमै मनकामना स्मार्ट लघुवित्तले आकर्षक लाभांश घोषणा गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई १७ प्रतिशतल लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तको आज विहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजारको १७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् । १७ प्रतिशत लाभांश वितरण गरेपछि लघुवित्तको चुक्ता पुजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ हुनेछ ।


प्रतिक्रिया दिनुहोस्