२४ श्रावण २०८३, आइतबार

यमपञ्चकको दोस्रो दिन आज काग, कुकुर तिहार मनाइँदै



काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज काग कुकुरलाई पुजा गरेर मनाईदै छ । कागलाई यमराजको दुत अथावा संदेश वहाकको रुपमा मानीने भएकोले पनि आज कामलाई पुजा गरेर मीठा खाने कुरा दिने गरिन्छ ।

हाम्रो नेपाली समाजमा कागलाई सन्देश वाहक प्राणीको रुपमा दिने गरिन्छ अझै पनि गाँउघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही सन्देश ल्याएको वा घरमा पाहुना आउने जानकारीको दिएको जनविश्वास रहेको छ ।

यस दिनमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर पात या दुना टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आँउदो वर्षभरि कागले आफ्नो घरआगनमा राम्रो र सुखद खबरमात्रै ल्याओस भनेर कामना गरिन्छ ।

त्यसैगरी कुकुरलाई घरको रक्षा गर्ने जनावरको रुपमा घरमा पालीन्छ त्यसैले कुुकुर तिहारको दिन कुकुरलाई पुजा गरि माला लगाई मिठा मिठा खानेकुरा दिने गरिन्छ । यस दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । त्यसैगरी कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता रहेको छ ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।