आज भाइटीकाः दिउँसाे ११ बजोर २ मिनेटमा उत्तम साइत !
काठमाडौं । हिन्दु नेपालीको दोस्रो महान चार्ड तिहार अर्थात् यम पञ्चकको अन्तिम दिन आज भाइटीका हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चक अन्तरगत तिहारको पाँचौं दिन आज भाइटीका लगाएर हर्षाेल्लाहासका साथ मनाईँदै छ । दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर सगुन, मिठाई र फलफूल तथा उच्च क्यालाेरियुक्त मसला दिने गरिन्छ ।
यसपाली भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको छ । पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई बिशेष सम्मानका साथ पूजा गरी टीका लगाई दीर्घायुको कामना गरेको सम्झनामा समेत भाइटीका लगाउने गरिन्छ ।
पाैराणिक कथा अनुसार यम र यमी (यमुना) सूर्यका सन्तान हुन् । सूर्यले विश्वकर्माकी छाेरी सन्ध्यासँग विवाह गरेकाे उल्लेख छ । पछि सन्ध्याले सूर्यकाे तेज सहन नसकेर प्रतिछायाँबाट देवी छायाँकाे जन्म दिएर तपस्या गर्न गएकाे कथा पाइन्छ ।
सूर्य र छायाँका पुत्र शनि देव हुन् । उनकाे साैतेनी भाइ हुन् यमराज । सूर्य र सन्ध्याबाट अश्विनि कुमारकाे पनि जन्म भएकाे थियाे । तर यी दुइ बालक सूर्य र सन्ध्या दुबै घाेडाकाे स्वरूपमा मैथुन गरेर जन्माएका कारण शीर घाेडाकाे र शरीर मावनकाे जस्ताे बनेकाे कथा पाइन्छ । यी दुबै दाजुभाइ पछि देवताका धुरञ्धर चिकित्सक भएकाे कथा पाइन्छ ।
यमुनाले यम र शनि दुबै दाइलाइ बराबर प्रेम गर्ने भए पनि तिहारकाे यस भागमा यमराजलाइमात्रै टीका लगाएकाे कथा उल्लेख छ ।

आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्म-दिदी वा धर्म-बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने मान्यता छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बाल-गोपालेश्वर मन्दिरमा सामुहिक टिका लगाउने चलन रहेको छ । बाल गाेपाल भनेकाे अघि इन्द्रकाे क्राेधका कारण गाेकुलमा प्रलय उत्पन्न हुँदा गाेबर्ध्दन पर्वत उठाउने श्रीकृष्णकाे बाल्य रूप हाे ।

यो मन्दिर वर्षमा १ पटक अर्थात भाइटिकाको दिन मात्र खुल्ला हुने गर्दछ ।













