आज १४३ जना थपिए कोरोना संक्रमित, कुल संक्रमितको संख्या ८ लाख नजिक
काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार सो अवधिमा कुल २ हजार ३३३ जनाको नमूना परीक्षण गर्दा १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १४१ र एन्टिजेन विधिबाट दुई जना संक्रमित पहिचान भएको छ । उक्त अवधिमा कुल १ हजार ९८० जनाको पीसीआर र ३५३ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपाल संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४४८ पुगेको छ ।
हालसम्म ७ लाख ९५ हजार ३९७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रीय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ ।













