बैंक पछि अब जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावरको यस्तो छ मर्जर प्रयास - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बैंक पछि अब जलविद्युत् कम्पनी पनि मर्जरमा, रिडी र रैराङ हाइड्रोपावरको यस्तो छ मर्जर प्रयास



काठमाडौं । बैंक पछि अव जलविद्युत् कम्पनी पनि मर्जरमा जान थालेका छन् । रैराङ हाइड्रोपावर डेभेलपमेण्ट कम्पनी र रिडी हाइड्रोपावर डेभेलपमेण्ट कम्पनी एक आपसमा गाभिने भएका छन् । दुवै कम्पनी एक आपसमा गाभिने भएपछि आजै सोमवारदेखि रैराङ हाइड्रोपावरको शेयर कारोबार रोक्का गरिएको छ ।

दुवै कम्पनीबीच कात्तिक १७ गते मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी बमोजिम दुवै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर समिति बनेको समेत कम्पनीले जानकारी दिएको छ ।

यससँगै मर्जरको अर्को पक्ष रिडी हाइड्रोपावरको पनि शेयर कारोबार रोक्का हुने छ ।

रिडी हाइड्रोपावर गुरुप्रसाद न्यौपानेको कम्पनी हो । यो कम्पनीले ८ वर्षअघि अर्थात् सन् २०१३ मैँ रैराङ हाइड्रोपावरको शेयर सबै शेयर स्वामित्व किनेर आफ्नो व्यवस्थापन स्थापित गरिसकेको थियो ।

अहिले आएर न्यौपानेले आफ्ना स्वामित्वका जलविद्युत् कम्पनीहरु आपसमा गाभ्न लागेका हुन् । अहिले नेप्सेमा रिडीको शेयर मूल्य ८३८ रुपैयाँ र रैराङको शेयर मूल्य ५६३ रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्