घलेम्दी हाइड्रोको घाटा करिब १ करोडले घट्यो, अन्य सुचक कस्तो ?
काठमाडौं । घलेम्दी हाइड्रोपावर लिमिटेडको घाटा घटेको छ । कम्पनिले आज सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनिको नोक्सान २ करोड १७ लाख ३९ हजारमा आइपुगेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनिले ३ करोड २ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
५५ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनिले ६ करोड ७४ लाख ५८ हजार रुपैयाँ त्रणत्मक रहेको छ ।सार्वजनिक विवरण अनुसार कम्पनिले १ करोड ८० लाख ३० हजार रुपैयाँ विद्युत् विक्री गरेर आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा १०० प्रतिशत भन्दा बढि हो गत आवको पहिलो त्रैमासमा कम्पनिले ६८ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ दशमलव ९४ ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ ८७ दशलमव ७३ रहेको छ ।













