मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशन तथा बिक्री गर्न अनुमति माग्दै मिर्मिरे लघुवित्तले आवेदन दिएको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन तथा बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा कार्तिक २३ गते बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता १७७ रुपैयाँका दरले ९१ लख २३ हजार ९८४ रुपैयाँ ८० पैसा बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन तथा बिक्री गर्नेछ ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्