सिक्लेस हाइड्रोले २० लाख कित्ता आईपीओ ल्याउने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सिक्लेस हाइड्रोपावरले २० लाख कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले आईपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ ल्याउन कात्तिक २९ गते बोर्डमा निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ ल्याउनेछ ।
कम्पनीले विक्री प्रबन्धकमा यसअघि नै बिओके क्यापिटललाई नियुक्त गरिसकेको छ ।













