रेमिट्यान्स र आयातको भरमा देश चलिरहेको छ: अर्थमन्त्री शर्मा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रेमिट्यान्स र आयातको भरमा देश चलिरहेको छ: अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा धेरै चुनौति रहेका बताएका छन् । अर्थतन्त्र उकास्नका लागि आफू लागिरहेकाले धेरै चुनौतिको खेप्नु परेको मन्त्री शर्माले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहमा बोल्दै नेपालको अर्थतन्त्रमा चुनौति धेरै रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले रेमिट्यान्स र आयातको भरमा देश चलिरहेको बताए । कोरोना महामारीले अर्थतन्त्र संकटमा परेको उनको भनाई छ । उनले भने, ‘नेपालको अर्थतन्त्रमा धेरै चुनौति छ, कोरोनाको संकटमा अर्थतन्त्र छ, रेमिट्यान्स र आयातको भरमा देश चलिरहेको छ ।’

सरकार र निजि क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री शर्माको भनाई छ । आवश्यक पर्ने नितिहरु संशोधन गर्ने क्रममा रहेको उनले बताए । सार्वजनिक खरिद ऐन संशोधनको तयारी भईरहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले प्रदान गर्ने यस वर्षको अवार्ड हिमाल पत्रिकाका रमेशकुमार र अन्नपूर्ण पोस्टकी सुनिता कार्कीले प्राप्त गरेका छन् ।

कार्यक्रममा अच्युत वाग्ले र राजीव उपाध्यायलाई सम्मान समेत गरिएको छ । यस वर्षको हाइड्रो सोलुसन फेलोसिप हिमाल लम्साल र सञ्जय न्यौपाने रिसर्च ग्रान्ट सरस्वती ढकालले प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्