कहिलेसम्म कायम शेयरधनीले पाउँनेछन नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्न बुक क्लोज मिति तय गरेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न बुकक्लोज मिति तोकेको हो ।
बैंकले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गतेशुक्रबार एक दिन बुकक्लोज गर्ने छ । तसर्थ मंसिर २३ गतेसम्म कायम शेयरधनीरुहरुले शतप्रतिशत हकप्रद पाउँनेछन ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले हकप्रद सेयर निष्काशनको लागि अनुमती पाइसकेको छ । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।















