राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कागेश्वरी मनोहराको थलिमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा कागेश्वरी मनोहराको थलिमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले आज उक्त शाखाको उदघाट्न गरेका हुन ।

शाखा कार्यलय उदघाट्न समारोहमा बोल्दै नगर प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताएका छन ।

बैंक संचालक समितिका अध्यक्ष डा. बलराम पाठकले सेवाको आधारमा पनि रा.वा.बैंक एक नम्बरको बैंक हुने बताए ।कार्यक्रममा बोलदै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिदैं आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताएका छन ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।


प्रतिक्रिया दिनुहोस्