संस्कारबाट नै लैंगिक हिंसाको सुरुवात भएको छ : डा. अर्याल - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

संस्कारबाट नै लैंगिक हिंसाको सुरुवात भएको छ : डा. अर्याल



काठमाडौं । संस्कारबाट लैंगिक नै हिंसाको सुरुवात भएको छ । लैंगिक हिंसाका मुद्धाहरु सम्बोधनमा मिडियाको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले संस्कारबाट नै लैंगिक हिसांको सुरुवात भएको बताए । उनले भने, ‘जुन घरदेखि नै लागु भएको हुन्छ ।’

युनेस्कोको सहकार्यमा सञ्चारिका समूह र नेपाल प्रेस काउन्सिलको आयोजक रहेको कार्यक्रममा मिडियामा पत्रकारले आफ्नो दायित्व र जिम्मेवारीलाई विर्सन नहुनेमा डा. अर्यालले जोडदिएका छन् । त्यसमा पनि अप्रमाणित सुनेका भरमा लेखेर लैंगिक हिंसा नगराउन पनि उनले आग्रह गरेका छन् । सत्य, तथ्यलाई प्रसारण वा प्रकाशन गर्नु पर्ने बताए । अहिले मिडियामा सनसनीपूर्ण कुरा बढी बिकिरहेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । अहिले तत्काललाई कन्ट्रोल गर्न नसके पनि रेगुलेट गर्नु पर्ने हुन्छ । त्यस्तै नीति व्यक्तिका लागि बन्दैन, नीति भित्र व्यक्ति अटाउनु पर्ने उनले बताए ।

त्यस्तै अन्तक्रिया कार्यक्रमा बोल्दै सञ्चारिका समूहका अध्यक्ष नितु पण्डितले भने, ‘लैंगिक हिंसामा महिला मात्र नभएर पुरुष पनि हिंसामा परेका छन् । जुन ४ प्रतिशत पुरुष र ९६ प्रतिशत महिला हिसांमा परेका छन् ।’ लैंगिक हिंसा अन्त्य गर्नु पर्छ । त्यसमा मिडियाको भूमिका कस्तो भन्ने रहन्छ ।

नियत बदल्न नीति बनाउन एकदमै जरुरी रहेको वरिष्ठ पत्रकार बबिता बस्नेतले जानकारी दिए । आचारसंहिता र नीति बनाउने तर निगरानीमा खासै ध्यान नदिएको उनले बताइन् । उनका अनुसार प्रहरी र ओरेके नेपालको तथ्यांकबाट महिला माथि हुने हिंसामा यो बर्ष सबैभन्दा बढि घरेलु हिंसा रहेको देखिएको छ । नेपाल प्रहरीले २०७७/७८ मा दर्ता गरेका १४ हजार २ सय ३२ उजुरी मध्ये सबैभन्दा बढि घरेलु हिंसासंग सम्बन्धित छन् । ओरेकेमा दर्ता भएका मध्ये सबैभन्दा बढि १ हजार ११६ घटना घरेलु हिंसासंग सम्बन्धित छन् । समयसंगै हिंसाका रुपहरु फेरिदै गएका छन् । नेपाल प्रहरीको साइबर ब्युरोमा २०७८ साउनदेखि कार्तिकसम्म दर्ता भएका घटना ९०२ महिला र ७९१ पुरुषसंग जोडिएका घटनाहरु छन् ।

बस्नेतले प्रविधिले र सोसियल मिडियाले निम्त्याएको हिंसा अहिले बढ्दो रहेको बताइन् । दिनप्रतिदिन युटुवरहरुबाट पीडित हुने महिलाको संख्या बढ्दो रहेको छ । जुन व्यक्तिगत गोपनीयताको रक्षा गरिएको छैन ।

उक्त कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अन्नपूर्ण दैनिक पत्रिकाका सम्पादक अखण्ड भण्डारी लगायत अन्य पत्रकार र प्रेस काउन्सिलका पदाधिकारीको सहभागी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्